• Monday 5th of October 2026

हमासद्वारा गाजामा २० बालबालिकासहित २१० जना बन्धक : इजरायली सेना


  • धनकुटा खबर
  • .

जेरुसेलम । इजरायली सेनाका प्रवक्ताले दुई साताअघि हमास लडाकुहरूले अपहरण गरेका र हाल गाजामा बन्दी बनाएका बन्धकहरूको सङ्ख्याबारे जानकारी साझा गरेका छन्। प्रवक्ताका अनुसार गाजामा २१० जना बन्धक छन् र उनीहरूका परिवारलाई यसबारे जानकारी गराइएको छ ।

यी बन्धकहरूलाई अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गर्दा अपहरण गरी गाजा लगिएको थियो। हमासले गाजामा बन्धकहरूलाई सुरक्षित स्थानमा राखेको र उनीहरूलाई सम्मानजनक र मानवीय व्यवहार भइरहेको बताएको छ। इजरायली सेनाले बन्धकहरूमा १० देखि २० वर्ष उमेरका २० बालबालिका र किशोरहरू रहेको र १० जना ६० वर्ष वा सोभन्दा माथिका व्यक्ति रहेको बताएको छ।

उल्लेखनीय छ कि गत राति मात्र हमासले दुई अमेरिकी बन्धकहरूलाई बिना शर्त रिहा गरेको छ। यी अमेरिकी आमा र छोरीको नाम जुडिथ र नताली हो। कतारको मध्यस्थताका कारण यो रिहाइ सम्भव भएको र अन्य बन्धकहरूलाई रिहा गर्न वार्ता भइरहेको केही स्रोतले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖