• Tuesday 6th of October 2026

इजरायलले ५ दिन युद्धबिराम गरे ७० बन्धकलाई रिहा गर्ने हमासको प्रस्ताव


  • धनकुटा खबर
  • .

एजेन्सी । प्यालेस्टिनी चरमपन्थी समूह हमासको सशस्त्र शाखाले सोमबार आफू पाँच दिनको युद्धविरामको बदलामा ७० इजरायली बन्धकहरूलाई रिहा गर्न तयार भएको बताएको छ ।

हमासको सशस्त्र विंग अल-कसाम ब्रिगेडका प्रवक्ता अबु उबैदाले हमासको टेलिग्राम च्यानलमा पोष्ट गरिएको रेकर्डेड अडियो सन्देशमा भनेका छन् “गत हप्ता कतारको मध्यस्थता मार्फत शत्रुले बन्दी बनाएका २०० प्यालेस्टाइनी बालबालिका र ७५ जना महिलाको रिहाइको सट्टामा उनीहरूका बन्धकहरूलाई रिहा गर्ने प्रयास गरियो।”

अबु उबैदाले भने, ‘हामीले कतारलाई ५ दिने युद्धविरामको बदलामा गाजामा राखिएका ७० इजरायली महिला र बालबालिकालाई रिहा गर्न हमास तयार रहेको बतायौँ । तर शर्त यो छ कि युद्धविराममा पूर्ण युद्धविराम समावेश हुनुपर्छ र गाजा पट्टीमा सबै ठाउँमा सहायता र मानवीय राहतलाई अनुमति दिनुपर्छ।”

अर्कोतर्फ इजरायली सेनाले सोमबार दाबी गरेअनुसार हमास आतंककारीहरूले गाजा शहरको एक बाल अस्पतालमा अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमलाको क्रममा बन्धक बनाएका मानिसहरूलाई बन्धक बनाएको प्रमाण छ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले भने – ‘सेनाले हमासले अल-रन्तिसी अस्पतालको बेसमेन्टमा बन्धकहरूलाई राखेको संकेत पाएको छ।’ हगरीले भने, ‘फुटेजमध्ये एउटामा बालकको दूधको बोतल र अस्पतालको बेसमेन्टमा राखिएको कुर्सी नजिक डोरी रहेको देखिन्छ ।’

अर्कोतर्फ, इजरायली रक्षामन्त्री योभ गालान्टले सोमबार दावी गरेअनुसार हमासले गाजा पट्टीमा आफ्नो नियन्त्रण गुमाएको छ। उनले इजरायली टेलिभिजन च्यानलहरूमा प्रसारित एक भिडियो सन्देशमा भने – हमास लडाकुहरू दक्षिणबाट भागिरहेका छन् र गजानहरूले हमासको आधारहरू लुटिरहेका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार गाजा पट्टीमा हमास विरुद्धको युद्धमा संलग्न इजरायली सैनिकहरूलाई भेटेर उनीहरूलाई प्रोत्साहन दिए। सैनिकहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले भने, ‘यो अपरेशन होइन, युद्ध हो, जुन हमासको अन्त्यसम्म जारी रहनेछ। यो देखाउने होइन, मन र दिमागबाट लिइएको निर्णय हो। यदि हामीले तिनीहरूलाई हटाएनौं भने, तिनीहरू फर्कनेछन्।’

हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म ४ हजार ६३० बालबालिकासहित ११ हजार २ सय ४० जनाको ज्यान गएको जनाएको छ । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी १४ सयभन्दा बढी नागरिकको हत्या गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖