• Tuesday 6th of October 2026

युरोप हिँडेको डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, बाँचेका २५ जना जेल चलान


  • धनकुटा खबर
  • .

काठमाडौं । युरोप जानका लागि हिँडेको एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । लिबियानजिकै डुंगा पल्टिँदा ६० जना आप्रवासीको मृत्यु भएको हो ।

उक्त डुंगामा महिला र बालबालिकाहरू पनि सवार थिए । लिबियाको ज्वारा बन्दरगाहबाट ८६ यात्रु लिएर डुंगा युरोपका लागि प्रस्थान गरेको थियो । दुर्घटनामा बाँचेका २५ जनालाई लिबियाको हिरासत केन्द्रमा पठाइएको छ ।

बीबीसीको रिपोर्टका अनुसार डुंगा समुन्द्रमा रहेको तीव्र छालको सामना गर्न नसकेर पल्टिएको थियो । यसरी सन् २०२३ मा अवैध रूपमा युरोप जान खोज्दा २२ सयभन्दा बढीको मृत्यु भएको छ ।

संसारको सबैभन्दा खतरनाक बाटो
आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले लिबियाबाट युरोप जाने बाटोलाई सबैभन्दा खतरनाक आप्रवासी मार्गको रूपमा घोषणा गरेको छ ।

केही अनुगमन समूहका अनुसार सन् २०१४ यता यस रुटमा २० हजारभन्दा बढी मानिसको मृत्यु भएको वा बेपत्ता भएका छन् । मृत्यु हुनेमा अधिकांश नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी देशका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖