• Tuesday 6th of October 2026

चोर बाटो अमेरिका जान उडेको विमान फ्रान्सबाट फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । मानव तस्करीको आशंकामा फ्रान्समा रोकिएको विमान मुम्बई फर्किएको छ । पेरिसको भाट्री एयरपोर्टबाट उडेको विमान आज बिहान ४ बजे मुम्बई एयरपोर्टमा अवतरण भएको हाे ।

समाचार एजेन्सी पीटीआईका अनुसार उक्त जहाजबाट २७६ जना फर्केका छन् । हाल भारत फर्कने यात्रुहरूको यकिन संख्या स्पष्ट हुन बाँकी रहेको छ । मिडिया रिपोर्टका अनुसार यीमध्ये अधिकांश पञ्जाब, गुजरात र दक्षिण भारतका छन् ।

प्रतिवेदनका अनुसार केही व्यक्ति भारत फर्कन नचाहेकाले उडानमा ढिलाइ भएको थियो । यी व्यक्तिहरूले फ्रान्समै शरण मागेका छन् । दुबईबाट निकारागुआ हुँदै चोर बाटो अमेरिका जाने तीन सयभन्दा बढी भारतीय नागरिक सवार विमान इन्धन भर्न फ्रान्समा अवतरण भएको थियो ।

यस अवधिमा फ्रान्सेली अधिकारीले मानव बेचबिखनका लागि ओसारपसार भइरहेको जानकारी प्राप्त गरेपछि उडानलाई रोकेको थियो ।

मानव बेचबिखनको आशंकामा दुई जना पक्राउ
टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार विमानका ३०३ यात्रुमध्ये २७६ जना मात्रै भारत फर्किएका छन् । करिब २५ भारतीय यात्रुहरूले फ्रान्समा शरण मागेका छन् । उनीहरूलाई पेरिसको विशेष क्षेत्र ‘चार्ल्स डे गाउँले’ विमानस्थलमा पठाइएको छ । जहाँ शरणार्थीहरूलाई राखिने गरिन्छ ।

मानव बेचबिखनको आशंकामा पक्राउ परेका दुई जनासँग फ्रान्सेली कानूनअनुसार मुद्दा चलाउने तयारी भइरहेको छ । तर, उनीहरूलाई न्यायाधीश समक्ष पेश गर्दा न्यायाधीशले दुवैलाई रिहा गरेका थिए । उनीहरूलाई साक्षीको हैसियतमा राखिएको छ ।

यसै क्रममा एक फ्रान्सेली टीभी च्यानलले विमानमा रहेका केही यात्रु भारतको सट्टा निकारागुआ जान चाहेको दाबी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖