• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

‘केपी ओली भन्ने मान्छेसँग मैले सकिनँ,कसैसँग जादु टुना छ भने लाग्नुस्,’


  • धनकुटा खबर
  • .

काठमाडौं,१३ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पार्टी एकता गर्ने प्रयास गरेपनि सफल नभएको बताएका छन् ।

बुधबारबाट जारी पार्टीको केन्द्रिय समितिको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीसँगै रहने गरी आफूले निक्कै प्रयास गरेको तर, सफल नभएको बताएका हुन् । उनले कोहि कसैले जादू टुना लगाउन सक्नेभए लगाउनसमेत भनेका छन् ।

नेपालले भने,‘केपी ओली भन्ने मान्छेसँग मैले चाहिँ सकिनँ, कसैसँग जादु टुना छ भने लाग्नुस्, तपाइँहरु सक्नूस् ।’ एमाले अध्यक्ष ओलीलाई आफूले सुर्धार्ने प्रयास गरेपनि सफल नभएको स्मरण गदैृ नेपालले भने ‘ओलीलाई अहिलेको नेकपा एमालेको कसैले सुधार्न सक्ने अवस्था छैन’ उनले भने, ‘हाम्रो पार्टी बलियो भैदिए ओलीलाई सुधार्न सकिन्थ्यो भनेर एमाले भित्रकै साथीहरूले आफुसङ्ग भन्ने गरेको तथ्य छ।’

एकीकृत समाजवादी केन्द्रीय कमिटीको सातौँ बुधबारदेखि ललितपुरस्थित कान्तिपुर गार्डेनमा जारी रहेको हो। बैठकमा केन्द्रीय सदस्यहरूले प्रस्तावित विधानमा आ–आफ्नो धारणा राखिरहेका छन्। बैठक आज सक्ने तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖