धरान । आज घटेको घटनालाई लिएर धरानका मेयर हर्क साम्पांग भन्छन् –
छोराको उमेरको तिम्लाई म के भनूँ ? अल्विदा भनूँ त मन मान्दैन ! नभन्नूं त विदा नलिई गई हाल्यौ ! यो नियती तिम्रो मात्रै कहाँ हो र ? यो त नेपालीहरुको नियती हो ! यो धर्तीमा अब हाम्रो भेट हुन सक्दैन ! सायद स्वर्ग भन्ने कल्पना कतै अस्तित्वमा छ भने भेट हुनेछ हाम्रो, त्यति खेर “अंकल” भनेर बोलाउनु है बाबू !
तिमी जस्तैहरु विदेशिन नपरोस् भनेर एउटा सानो पदमा रहेर पनि मैले ठुलठुला बहस छेड्न चाहेको छु ! अनेकन बाधा अड्चन र विरोधका बाबजुद कराउन छोडेको छैन मैले ! चेतनाले वेथितिको विरोध गर्दैन भने बाँच्नुको अर्थ के नै छ र टाउकोको भारी बोकेर ??? के लेखूँ र खोइ यो भन्दा धेरै ! तिमी एउटा सहिद हौ हररात सपनीमा आएर मलाई झस्काउँदै गर !
म कराइरहनेछु तिम्रा कथा र व्य्था बोकेर चिच्याइरहनेछु !

