• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यी हुन् बालकुमारी झडपमा ज्यान गुमाएका दुई युवा


  • धनकुटा खबर
  • .

बालकुमारी झडपमा मृत्यु भएका दुबै जना युवाको पहिचान खुलेको छ। शुक्रबार दिउँसोको झडपमा परी मृत्यु २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाहको रहेका छन् ।

राउत दैलेखको महाबु गाउँपालिका रानीवनका स्थायी बासिन्दा रहेको खुलेको छ। हाल उनको परिवार नारायण नगरपालिका–६ काँडाचौर दैलेखमा बस्दै आएको छ।

प्रदर्शनमा अचेत अवस्थामा भेटिएका राउतलाई इमाडोलस्थित किस्ट अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए। राउतलाई गोली नलागेको अस्पतालले जनाएको छ। उनको छातीमा नीलडाम देखिएको थियो।

यस्तै अर्का मृतक शाह अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका स्थायी बासिन्दा हुन्। उनी टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोरा रहेको गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले जानकारी दिए।

शाहका हजुरबुबा नाता पर्ने बमबहादुर शाहले वीरेन्द्रको मृत्युको खबर सुनिएको पुष्टि गरे। ‘वीरेन्द्रका बुबा र म अहिले शव बुझ्न मोटरसाइकलमा निस्किसकेका छौँ,’ उनले भने, ‘धनगढीसम्म मोटरसाइकलमा गएर त्यहाँबाट हवाई जहाजमार्फत काठमाडौं पुग्छौँ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖