• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

एमाले सचिवालय बैठक च्यासलमा जारी


  • धनकुटा खबर
  • .

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ। च्यासलस्थित पार्टी मुख्यालयमा एमाले सचिवालय बैठक बसिरहेको हो।

जारी बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफललगायतका विषय कुराकानी हुनेछ। बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्नेछ। एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रिय सभामा मिलेर उम्मेदवारी दिन प्रस्ताव गरेको छ।

एमालेले गठबन्धनसँग ६ सिट माग गरेको छ। गठबन्धन र एमालेबीचको छलफल पनि आजको बैठकमा एजेण्डा रहेन बताईएको छ । गठबन्धनले एमालेले टीआरसी विधेयकलाई साथ दिएमा केहि सिट दिन सकिने बताउँदै आएको छ। तर,ठोस निष्कर्षमा भने पुगेको छैन।

हालै पार्टीको सम्पन्न ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖