• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यी हुन् एमालेमा थपिएका छ जना केन्द्रीय सदस्य


  • धनकुटा खबर
  • .

काठमाडौं, २० पुस । नेकपा (एमाले) को आज बसेको केन्द्रीय समिति बैठकले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ ।

बैठकले तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दीपक कार्कीलाई केन्द्रीय सदस्यमा बनाउने निर्णय गरेको हो ।

साथै, एमालेले आसन्न राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । बैठकको निर्णय सुनाउँदै महासचिव शंकर पोखरेलले एमालेले सबै सिटका लागि उम्मेदवारी दिने निर्णय भएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖