• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कार दुर्घटनामा दुई युवतीको ज्यान गएपछि चालकलाई कारबाही गर्न आफन्तको प्रदर्शन


  • धनकुटा खबर
  • .

पोखरा । गत मङ्सिर २४ गते कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको ज्यान गयो । तालचोक नजिकै भएको दुर्घटनामा हेमजाकी २३ वर्षीया अनिशा खड्का र जीरोकी २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो।

चालक मानबहादुर बानियाँ अहिले प्रहरीको नियन्त्रणमा छन् । तर उनलाई छुटाउन राजनीतिक दल र पहुँचवालले दबाब दिइरहेका भन्दै युवतीका आफन्त र शुभचिन्तकले कारवाहीका लागि दबाबमूलक प्रदर्शन गरेका छन् । उनीहरुले अदालत अगाडी धर्ना दिए ।

पीडकले दण्ड पाउनुपर्ने उनीहरूको माग छ । ‘न्याय किन्ने प्रयास भइरहेको छ । सांसद र नेताहरू लाइन लागेर पीडक छुटाउन आएका छन्,’ उनीहरूले भने, ‘न्याय नमरोस् । मृतकका परिवारलाई कति पीडा भएको छ ? कसले हेर्ने ?’ मृतक दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖