• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

माइतीघरबाट गोविन्द केसी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्ने क्रममा डाक्टर गोविन्द केसी सहित ७ अन्य अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघर पुगेको केही क्षणमै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै द्वन्द्वपीडितलाई न्याय दिन तथा माइतीघरको निषेधाज्ञा हटाउन पनि उनीहरूले माग गरेका छन् ।

डा. केसी सहितका अभियन्ताले एकपछि अर्को गरी सत्तामा पुग्ने दलहरूले भने निरन्तर लुटतन्त्र र दण्डहीनतालाई प्रश्रय दिइरहेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖