• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सत्तारुढ तीन दलको बैठक बालुवाटारमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । सत्तारुढ तीन दलको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरूबिच भागबन्डा टुङ्ग्याउने विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी रहेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा पहिले तीन दलको बैठक बस्ने र फेरि पाँच बजे सत्तारुढ अन्य दलसहित बैठक बस्ने तय भएको जानकारी दिए ।

‘सकेसम्म आज नै भागबन्डाको विषय टुङ्ग्याउने हाम्रो तयारी छ,’ लेखकले रातोपाटीसँग भने । सत्तारुढ दलको शनिबार बिहान बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको सहकार्यको ढोका बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖