काठमाडौं, २१ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन दलबाट साझा उम्मेदवार तय गर्न बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्तारुढ चार दलबीच छलफल चलिरहेको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललगायतका शीर्ष नेताहरु सहभागी छन् ।
