• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्डले बोलाए पदाधिकारी बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकलगत्तै माओवादी पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाको उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयको मुख्यसचिव श्रीराम ढकालले बताए ।

उनले भने, ‘गठबन्धनको बैठकपछि अध्यक्षज्यूले पदाधिकारी बैठक बोलाउनुभएको छ । पार्टीबाट राष्ट्रियसभामा पठाउने उम्मेदवारबारे बैठकले टुंगो लगाउँछ ।’

गठबन्धनमा भागबन्डा टुंग्याउन बिहानदेखि बालुवाटारमा बैठक बसिरहेको छ । कांग्रेस र माओवादीले आपसमा १० र ६ सीट बाँड्ने सहमति गरेका छन् । नेकपा एसले २ सीटमा चित्त नबुझाउँदा गठबन्धनमा भागबन्डाको कुरा मिलिरहेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖