• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रिय सभा अध्यक्ष सिटौलालाई बनाउने देउवाको तयारी


  • धनकुटा खबर
  • .

काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई ल्याउने तयारी गरेका छन्।

झापाका सिटौलालाई राष्ट्रिय सभामा ल्याएर अध्यक्ष बनाउने देउवाको तयारी छ। सिटौला आइतबार साँझ गृह नगर जाँदै छन्। र, माघ ११ गते हुने निर्वाचनपछि मात्र काठमाडौं फर्कने उनको योजना रहेको निकट स्रोतको दाबी छ।

त्यस्तै, सभापति देउवाले पूर्व उपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री फर्मुला मन्सुरलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निश्चित जस्तै छ। त्यस्तै, काँग्रेसबाट गोविन्द पोखरेल, आनन्दप्रसाद ढुंगाना, मीनेन्द्र रिजाल, सुजाता कोइराला चार समय बढी नेता आकांक्षी छन्।

त्यसो त पार्टीभित्रको गुटगत सन्तुलन मिलाउन सभापति शेरबहादुर देउवा निवासमा नेता शेखर कोइराला, पूर्ण बहादुर खड्का, गगनकुमार थापा र रमेश लेखक छलफलमा जुटेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖