• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बैठक छाडेर हिँडे डा. शेखर


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ ।

पार्टी कार्यालय, सानेपामा जारी बैठकबाट नेता डा. शेखर कोइराला भने बाहिरिएका छन् । सत्ता गठबन्धनमा भएको भागवण्डामा पाएको १० मध्ये ४ सिट आफ्नो समूहले पाउनुपर्ने डा. शेखर–गगन थापा समूहको माग छ ।

तर सभापति शेरबहादुर देउवाले तीन सिट लिन भनेका छन् । देउवाले थप एक सिट दिन तयार नभएपछि डा. शेखर बैठक छाडेर हिँडेका एक सहभागीले बताएका छन् ।

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार उम्मेदवार मनोनयनको कार्यतालिका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖