• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

तराईमा हुस्सु, यस्तो हुनेछ मौसम


  • धनकुटा खबर
  • .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज मौसम आंशिक बदलीदेखि सफा रहने जनाएको छ । बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा बिहान ५ः४५ को न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् शान्ती कँडेलले जानकारी दिइन् । उनका अनुसार काठमाडौंमा आज दिउँसो मौसम सामान्यता सफा रहनेछ ।

विभागका अनुसार दिउँसो कोसी, वाग्मती गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

जल देशका कुनै पनि भू–भागमा वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण वर्षा र हिमपातको सम्भावना नरहेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖