• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रियसभा उम्मेदवार चयनप्रति यस्तो छ कांग्रेस महामन्त्री गगन थापाको लिखित असहमति


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको नाम सार्वजनिक गरेसँगै महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् ।

इतर समूहले ४ जना उम्मेदवारका लागि दाबी गरे पनि तीन जना मात्रै पाएपछि उनले असहमति जनाएका हुन् ।

यसअघि नेताहरूले अर्जुननरसिंह केसी र बलबहादुर केसीले पनि लिखित रूपमा नै असहमति जनाएका थिए ।

यस्तो छ थापाको फरक मत

१. हाम्रो संविधानले राष्ट्रिय सभामा खास गरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ । यसै गरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२-१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभा को उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायत को मापदण्ड तय गरेको थियो।

संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन।

२. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखीकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढङ्गले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एक पट्क खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।

अतः आजको निर्णय प्रति मेरो लिखित असहमति रहेको छ।

मेरो असहमति को बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण सङ्ग्लग्नता रहने नै छ।

गगनकुमार थापा
महामन्त्री
२०८० पौष २२

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖