• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖