• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मृतक महिलाका श्रीमान्ले नै दुईजनाको हत्या


  • धनकुटा खबर
  • .

काठमाडौं । चितवनमा भेटिएका दुई शवको पहिचान भएको छ । दुवै शव भारतीय नागरिकको रहेको प्रहरीले जनाएको छ ।

गएको मंसिर ६ गते भरतपुर महानगरपालिका–१२, मिलनचोकको कल्भर्टमुनि बोरामा हातखुट्टा बाँधेर फालिएको अवस्थामा शव भेटिएको थियो । उनीहरूको हत्या भारतीय नागरिकले नै गरेको खुलेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी किरण बज्राचार्यले बाह्रखरीलाई बताइन् ।

हत्या विवाहेतर सम्बन्धका कारण भएको खुलेको छ । मृतक महिलाका श्रीमान्ले नै उनीहरूको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

भारतको मोतिहारीका उनीहरू चितवनकै भरतपुरमा व्यापार गरेर बसेका थिए । शवको पहिचान नखुलेकाले यसअघि प्रहरीले हुलिया र स्केच सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖