• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृतकाे कार्यकक्षमा लगाए ताला


  • धनकुटा खबर
  • .

काठमाडौं। काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाइ दिएका छन्। मेयर साहले राष्ट्रिय सभागृहमा रहेको अधिकारीको कार्यकक्षमा ताला लगाएका हुन्।

महागरपालिकाको स्वास्थ्य विभागतर्फका कर्ममारी नियुक्तीको विषयमा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच विवाद भएपछि सुरुमा अधिकारीलाई कार्यलय प्रवेशमा रोक लगाइएको थियो।

सो विषयलाई लिएर मेयर साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो।

त्यसपछि केही दिन विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत अधिकारी पुन कार्यालय आउने तयारी गरेको थाहा पाएपछि मेयर साहले उनको कार्यकक्षमा ताला लगाइ दिएको महानगरपालिका स्रोतले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत अधिकारी कार्यालयमा उपस्थित हुने थाहा पाएपछि बालेनले ताला लगाइ दिएका हुन्।

महानगरपालिका स्रोतका अनुसार मेयर साहले सोमबारबाट कार्यालयमा नआउन अधिकारीलाई निर्देशन दिएका थिए। महानगर स्रोतका अनुसार केही दिनभित्रै अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भै रहेको छ।
राष्ट्रियसभा गृहमा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतकाे कार्यकक्ष छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖