• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मतदाता नामावलीमा नाम नभेटिएपछि मधेशमा फेरिए एमाले उम्मेदवार


  • धनकुटा खबर
  • .

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेशमा राष्ट्रियसभाको एक उम्मेदवार परिवर्तन गरेको छ ।

उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उनको ठाउँमा विजाता झालाई उम्मेदवार बनाएको छ । झा जनकपुरधामकी हुन् ।

सिंह उम्मेदवार सिफारिस भएपनि मतदाता नामावलीमा उनको नाम नरहेपछि झालाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।

एमालेले महोत्तरीका डा. सिंह र पर्साकी उषादेवी थरुनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । डा. सिंहको सट्टा झा र उषादेवीको मनोनयन दर्ता गराउने नेताहरु निर्वाचन कार्यालय पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖