• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

साहित्यकार विश्वम्भर चञ्चलको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । साहित्यकार विश्वम्भर चञ्चलको निधन भएको छ । उनको आइतबार ८२ वर्षको उमेरमा निधन भएको हो ।

नेपाली साहित्यमा कथाकारको रुपमा प्रसिद्ध चञ्चल २०२० सालमा रुपरेखा साहित्यिक मासिकमा प्रकाशित ‘एक लास हाँसिरहेछ’ कवितामार्फत नेपाली साहित्यमा प्रवेश गरेका थिए ।

कविता लेखनबाट साहित्य यात्रा सुरु गरे पनि उनको लेखनको प्रमुख विधा भने कथा रह्यो । उनले बाल साहित्यमा पनि आफूलाई संलग्न गराए । लेखनको उत्तरार्धमा उनले संस्मरण, यात्रा संस्मरण लगायतका गद्य विधामा समेत कलम चलाएका थिए । उनको संलग्नता अनुवाद र सम्पादनमा समेत थियो ।

चञ्चलका अतृप्ति (२०२६), विश्वम्भर चञ्चलका कथाहरु (२०३३), जीवनवृत्त (२०४०), युध्द भड्किरहेछ (२०४७), अनामनगर (२०५४), गन्तव्यहीन दिशाहीन (२०५७)लगायत कृति प्रकाशित छन् ।

त्यस्तै उनका यात्रा संस्मरणहरुमा क्षितिजदेखि क्षितिजसम्म, बाँचेको युग मरेका मान्छे, ईन्मेरिका लगायत छन् ।

उनका बाल साहित्यमा टमको बहादुरी (बाल उपन्यास, २०३०), पञ्चैबाजा (बाल लोककथा, २०३०), ओक्कल दोक्कल (बालगीत संग्रह, २०३८), वायुपङ्खी घोडा (बालकथा संग्रह, २०४६), बझाङका तारा (२०४०), मुसो चिं-चिं बिरालो म्याउँ (बालगीत, २०४७), झ्याँतै तुली(बालगीत, २०५३), अष्ट चिरञ्जीवी (जीवनी, २०५५), के कसरी बन्छ ? (हास्यकथानक भोजन गाथा, २०५७), हाम्रो सम्पदा (चिनारी, २०५८), जादूको बादल (बालकथा, २०५९), बलभन्दा बुध्दि ठूलो (बालकथा, २०६०) लगायतका कृति छन् । मलाई एउटा कथा भनिदिनोस् न (२०५५) उनले अङ्ग्रेजीबाट अनुवाद गरेको बाल साहित्यको कृति हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖