• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

नेपाल एअरलाइन्सको न्यारोबडी जहाजमा समस्या, बैङ्कक उड्न लागेका १५२ यात्रु विमानस्थलमा अलपत्र


  • धनकुटा खबर
  • .

काठमाडौं— एक सय ५२ यात्रु लिएर काठमाडौंबाट बैङ्ककतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार दुईपटक उड्ने प्रयास गर्दा पनि सकेन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाकाअनुसार, निगमको आरए-४०१ उडान नम्बरको न्यारोबडीले दुईपटक उड्ने प्रयास गर्दा नसकेपछि फेरि ५ बजे यात्रुलाई पुन जहाजबाट ओरालेर टर्मिनल भवनमा फर्काइरहेको छ ।

‘पहिलोपटक साढे दुई बजे उड्नका लागि एप्रोनबाट पुसब्याक गरेर जहाजलाई ट्याक्सी–वेमा पठाइएको थियो, प्राविधिक समस्या देखिएकाले चालकदलले एप्रोनमा फर्काए,’ प्रवक्ता झाले भने,‘दोस्रोपटक पुन साढे ४ बजे यात्रु राखेर फेरि जहाज उड्ने तरखरमा थियो । फेरि प्राविधिक समस्या दोहोरिएको जनाउँदै पार्किङ वे नम्बर ६ मा राखिएको छ ।’

निगमसँग अर्को जहाज नभएकाले यी यात्रु समयमै उड्ने टुंगो लागिसकेको छैन । नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जहाजको हाइड्रोलिक सिस्टममा समस्या देखिएको जानकारी प्राप्त भएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖