• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

३५ फिट गहिरो इनारमा खसेका व्यक्तिको ललितपुर नगर प्रहरीले गर्‍यो सकुशल उद्धार


  • धनकुटा खबर
  • .

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको एक इनारमा खसेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जावलाखेलको कुसुन्ती स्थित एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको ललितपुर नगर प्रहरीले सोमबार साँझ सकुशल उद्धार गरेको हो ।

घर धनीले खबर गर्ने बित्तिकै नगर प्रहरीले उनको उद्धार गरेको ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले रातोपाटीलाई जानकारी दिए । सापकोटालाई बन्जीजम्पमा प्रयोग गरिने डोरी र क्लिपको सहयोगमा इनार बाहिर निकालिएको उनले बताए । इनारनजिकको रुख काट्ने क्रममा सापकोटा इनारमा खस्न पुगेका थिए । इनारमा रहेको पाइपमा समाएर टाउको पानीमाथि निकालेको बसेको र नगर प्रहरी तत्काल घटनास्थल पुगेकोले उनको जीवितै उद्धार सम्भव भएको हाछेथुले बताए ।

उद्धार लगत्तै सापकोटालाई पाटन अस्पताल लगिएकोमा खतरामुक्त रहेकोले उनको डिस्चार्ज भइसकेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले दमकल, नगर प्रहरी र एम्बुलेन्स एउटै छानामुनी रहने प्रबन्ध मिलाएकोले विपत्तिको समयमा उद्धारको लागि सहज भएको हाछेथु बताउँछन् । सोमबार पनि इनारमा मन्छे खसेको खबर पहिला दमकलमा आएको थियो । सँगै रहेको नगर प्रहरीले तत्काल थाहा भएकोले तुरुन्त उद्धार सम्भव भएको थियो ।

तलितपुरमा कुनै समस्या परेमा तथा उद्धारको आवश्यकता परेमा तत्काल नगर प्रहरीलाई ११३१ मा सोझै सम्पर्क गर्न पनि हाछेथुले आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖