• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कोशीमा राप्रपाका विष्ट सभामुख बन्ने निश्चित


  • धनकुटा खबर
  • .

विराटनगर। नेकपा एमालेले गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेको छ।

एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको हाे।

सत्तारुढ गठबन्धन दलहरुले पनि सभामुखमा उम्मेदवार नउठाउने निर्णय गरिसकेका छन्। कोशी प्रदेश सभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। आज दिउँसो ३ बजे मतदानको कार्यतालिका रहेको छ।

सत्तारुढ गठबन्धन दलहरुले सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेका छन्। त्यस्तै, एमाले प्रदेश संसदीय दलको बैठकले पनि सभामुखमा गठबन्धन दलबाहेकका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

राप्रपाले सभामुखमा झापाबाट निर्वाचित अम्बरबहादुर विष्टलाई उम्मेदवार बनाउने भएको छ। विष्टलाई सत्तारुढ दल र प्रमुख विपक्षी दलले समेत समर्थन गर्दा उनी सबैका साझा सभामुख बन्ने निश्चितप्रायः भएको छ ।

उनी निविरोध सभामुखमा निर्वाचित हुने सम्भावना देखिएको छ। तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशीमा लामो समयदेखि सभामुख पद रिक्त छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖