• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

चक्रवर्तीका अध्यक्षलाई कलेजभित्र आफ्नै छोराले हाने खुकुरी, नर्भिक अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं । चक्रवर्ती कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि सोमबार राती छोरा निरजसहितको समूहले हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ । देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको चोट छ।

प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो। राती ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका निरजसहितको समूहले आक्रमण गरेको थियो।

भण्डारी बाबु छोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाह रहँदै आएको छ। आक्रमणमा पर्नुअघि देवेन्द्र प्रहरीकहाँ पुगेका थिए।

प्रहरीले मङ्गलवार बिहान छलफलका लागि दुवै पक्षलाई बोलाउने बताएपछि फर्किएका देवेन्द्र त्यसपछि समूह लिएर कलेज पुगेको बुझिएको छ। प्रहरीले निरजसहित आक्रमणमा संलग्नलाई पक्राउ गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖