• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्छौँ : कुलमान


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा उनले सो बक्यौता उठाउन आफूहरूलाई निर्देशन दिइएको जानकारी दिए ।

“हामीलाई सबै पक्षबाट डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन निर्देशन आएको छ, हामी उठाएरै छाड्छौँ,” उनले भने, “हामीलाई निर्देशन आएअनुसार नै काम गर्ने हो ।”

सो विषयमा धेरै उद्योगी अदालत गए पनि प्राधिकरणको पक्षमा फैसला भएको उनले बताए ।

“२३/२४ वटा उद्योगको लाइन काटिएको छ,” उनले भने, “अदालतले पनि प्रस्ट भनेको छ, छुटेको बिल जुनसुकै बेला काट्न मिल्छ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖