• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

डा. केसी पुनः प्रहरी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ — प्राध्यापक डाक्टर गोबिन्द केसीलाई प्रहरीले मंगलबार पुनः माइतीघर मण्डलबाट नियन्त्रणमा लिएको छ । सरकारले तोकेको निषेधित क्षेत्रमा प्रर्दशन गर्न पुगेका केसीसहित ९ जनालाई शनिबार पनि माइतीघरबाट नियन्त्रणमा लिएर सोही दिन साँझ छाडिएको थियो ।

मंगलबार उनले पुनः माइतीघरमा नै प्रर्दशन गरेपछि प्रक्राउ गरेर सिंहदबार प्रहरी वृत्तमा राखिएको चिकित्सा शिक्षा सुधारका अभियन्ता शशिविक्रम कार्कीले जनाए ।

केसीले सशस्त्र द्वन्द्वमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई कारबाही हुनुपर्ने, पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउनुपर्ने, नागरिक भेला भएर प्रर्दशन गर्न पाउने संविधानप्रदत्त अधिकार फिर्ता हुनुपर्ने, चिकित्सा शिक्षा आयोगमा तत्काल निर्देशन नियुक्त गरिनुपर्ने र यसअघि चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग राखेका छन् ।-इकान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖