हत्या र बलात्कार अभियोगमा अनुसन्धानमा तानिएका तपस्वी रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको छ।
१८ दिनदेखि पछि लागेर सीआईबीको टोलीले बमजनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न सफल भएको हो। बमजन विरुद्ध मानिस बेपत्ता र बालात्कार गरेको आरोपसहित उजुरी परेपछि करिब साढे तीन वर्षदेखि प्रहरीले उनलाई खोजिरहेको थियो।
२०७७ असार ४ गते बिहान ४ बजे सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित जंगल क्षेत्र प्रहरीले घेरा हाल्यो। बलात्कारको आरोप लागेका तपस्वी बमजनलाई पक्राउ गर्ने प्रहरीको यो दोस्रो अप्रेसन थियो।
