• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

खेल्दाखेल्दै गयो खेलाडीको ज्यान ,रन लिन दौडिँदा मैदानमा ढले..


  • धनकुटा खबर
  • .

भारतको नोएडा क्रिकेट पिचमा खेल्दाखेल्दै एक जनाको मृत्यु भएको छ । ३४ वर्षीय ब्याट्सम्यान विकास नेगीको हृदयघातका कारण मैदानमै मृत्यु भएको हो ।

दैनिक भास्करका अनुसार साथी ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले उनलाई सीपीआर दिन थाले पनि बचाउन भने सकेनन् । नेगी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए।

हृदयघात हुनुअघि विकास आफ्नो टोलीका लागि ७ रन बनाएर ब्याटिङ गरिरहेका थिए । उनले ६ बल खेलेका थिए, तब उनको टोलीको स्कोर १३.५ ओभरमा ५ विकेट गुमाएर १४३ रन थियो ।

पहिले ब्याटिङ गरेको ब्लेजिङ बुल्सले १९.२ ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो । दुर्घटनापछि खेल रोकिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖