काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तपस्वी रामबहादुर बमजनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जनाएको छ। उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरी प्राप्त भएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
व्यक्ती बेपत्ता, बाल यौन दुराचारलगायत आरोपमा सीआईबीले बमजनलाई मंगलबार साँझ हात्तिगौँडाबाट पक्राउ गरेको हो। सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ चलाएको थियो । बमजन विगत २ महिनादेखि हात्तिगौँडामा परिवारसँग रहेको प्रहरीको दाबी छ ।
बमजनको निवासबाट ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ र ३० लाख भन्दा बढी नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ।
