• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पक्राउ परेका बम्जनले पाँच करोडमा बुक गरेका थिए गाडी, तीन करोड नगदै भुक्तानी


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ पुस । प्रहरीको लामो खोजीपछि पक्राउ परेका रामबहादुर बम्जन भनिने रामलाल बम्जनले पाँच करोडमा ल्याण्ड कु्रजर एक्सजेड गाडी खरिदका लागि तीन करोड रुपैयाँ नगदनै बुझाइसकेको खुल्न आएको छ ।

बम्जनले आफ्नो प्रयोगका लागि ललितपुर–३२ बुङमति बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा धुम्बराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. लाई तीन करोड रुपैयाँ नगदनै बुझाएर गाडी बुकिङ गरेको खुलेको हो ।

बम्जनले तुलाराम तामाङको नाममा रहेको प्रदेश–३–०१– ०२४ च ६७२९ नम्बरको सेतो रङ्गको टोयटा फच्र्युनर गाडी प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी, बम्जनको निवासबाट प्रहरीले विभिन्न १७ देशका मुद्रा र ठूलोमात्रा नेपाली रुपैयाँ बरामद गरेको थियो । प्रहरीले नेपाली रुपैयाँ तीन करोड तीन लाख ७५ हजार पाँच सय र विभिन्न १७ देशमा मुद्राहरु नेपालीमा कन्भर्ट गर्दा ३० लाख ९२ हजार चार सय ६ रुयैयाँ बरामद गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖