• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको छ ।

अधिकारी चढ्ने गाडी मेयर बालेन शाहको सचिवालयको निर्देशनमा बुधबार अधिकारीको घरबाट काठमाडौं प्लाजास्थित कार्यालयमा ल्याएर राखिएको एक कर्मचारीले बताए ।

‘उहाँको राष्ट्रिय सभागृहमा भएको कार्यालयमा ताला लगाएपनि काठमाडौं प्लाजा तर्फ ताला लगाएको थिएन तर उहाँलाई नआउन मेयरसाब कै निर्देशन थियो । आजबाट उहाँले चढ्ने गाडी खोसिएको छ’, महानगर स्रोतले भन्यो ।

महानगरले अहिले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई निमित्तको जिम्मेवारी दिएको भन्दै उनलाई नै अधिकारीले चढिरहेको गाडी दिएको महानगर स्रोतले बताएको छ ।

महानगरपालिकाको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बन गरेर मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई १६ पुसमा बिदामा बस्न निर्देशन दिएका थिए ।

सोमबार मेयरको सचिवालयले प्रमुख प्रशासकीय अधिकृतको राष्ट्रिय सभास्थित कार्यालयमा ताला लगाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖