• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

एमालेको संकल्प यात्रामा सहयोग गरेबापत प्रेस चौतारीले गर्‍यो उद्योग व्यवसाय महासंघका अध्यक्ष लिम्बुलाई सम्मान


  • धनकुटा खबर
  • .

काठमाडौं । जनसंगठनको सहकार्यमा भूमिका निर्वाह गरेको भन्दै नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एलपी साँवा लिम्बुलाई प्रेस चौतारी नेपालले सम्मान गरेको छ ।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा प्रेस चौतारीका इञ्चार्ज राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतले महासंघका अध्यक्ष साँवालाई खादा लगाएर सम्मानित गरेका हुन् ।

एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेको बैठकमा एमालेले सञ्चालन गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा महासंघले प्रेस चौतारी नेपाललाई सहयोग गरेबापत सम्मान गरिएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सञ्चालित एमालेको संकल्प यात्राका लागि उद्योग व्यवसाय महासंघले प्रेस चौतारीलाई सवारी साधन उपलब्ध गराएको थियो ।

महासंघले गरेको सो सहयोगबापत चौतारीले सम्मान गरेको हो । सो अवसरमा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालसहित सबै जनसंगठनका अध्यक्ष तथा इञ्चार्जहरुको सहभागिता रहेको थियो ।

बैठकमा प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतले जनसंगठनको सहकार्यमा जोड दिँदै प्रचारको कामको संयोजन संगठनले गर्ने जानकारी दिएका छन् ।

यस्तै उद्योग व्यवसाय महासंघका अध्यक्ष साँवाले प्रेस चौतारीले प्रचारको काममा प्रशंसायोग्य काम गरेको कारण आफूहरूले चौतारीको आग्रहअनुसार सहयोग गरेको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताए ।

एमालेको संकल्प यात्रामा प्रेस चौतारी नेपालले प्रचारको कामको संयोजन गरेको थियो ।
प्रेस चौतारीले दार्चुलामा केन्द्रीय समितिको बैठक गरी यात्राको क्रममा समाचार संकलनका लाग महासचिव हिरामान लामा, केन्द्रीय सदस्यद्वय यसिमा महत, सुमन ढुंगाना र भक्तपुर जिल्ला सचिव आशिष पौडेललाई फिल्डमा खटाएको थियो भने अध्यक्ष बस्नेतले समग्र प्रचार काममो संयोजन गरेका थिए ।

प्रेस चौतारीले यात्रा सञ्चालन भएको ६ वटै प्रदेशमा समेत संगठनका इञ्चार्जको नेतृत्वमा छुट्टै टीम खटाएको थियो ।

जसअनुसार सुदुरपश्चिम प्रदेशमा लोग्शरी कुँवर, कर्णाली प्रदेशमा विष्णु शर्मा, लुम्बिनीमा प्रदीप आचार्य, गण्डकीमा शुष्माकुमारी पौडेल, बागमतीमा विष्णु तारुके र कोशीमा विक्रम लुइँटेलको नेतृत्वमा प्रदेशस्थित केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष तथा पदाधिकारी र जिल्लाका अध्यक्ष तथा पदाधिकारी रहेको टीम खटिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पदाधिकारी तथा नेताहरू सहभागी संकल्प यात्रामा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं चौतारी इञ्चार्ज राजेन्द्र गौतम पनि सुरुदेखि अन्तिमसम्म सहभागी भएका थिए ।

जनसंगठनको बैठकमा संयन्त्रका प्रमुख ढकालले प्रेस चौतारीले यात्रामा गरेको कामको संयोजनको उच्च सराहना गर्दै धन्यवाद दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖