• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा राई


  • धनकुटा खबर
  • .

धनगढी । नेकपा एमाले सम्बद्व अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई सर्वसम्मत चयन भएका छन् ।

धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले आयोजक कमिटी संयोजकसमेत रहेका राईको नेतृत्वमा निर्विरोध नयाँ कमिटी गठन गरेको हो ।

उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह चयन भएका छन् भने सचिवमा कमल रोकाया चयन भएका छन् ।

सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन हुँदा कोषाध्यक्षमा जेबी कुँवर चयन भएको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले बुधबार अधिवेशनको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖