• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपको मुद्दामा एमाले सांसद लेख्छन् ‘विदेशीको इशारामा एक होनाहार क्रिकेटरलाई बलि चढाइयो’


  • धनकुटा खबर
  • .

काठमाडौं,२६ पुस । राष्ट्रिय किकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि उनको समर्थन र विरोधमा सामाजिक सञ्जालमा प्रतिक्रियाहरु सार्वजनिक भईरहेका छन् । सन्दीप्का समर्थकले फैसलालाई गम्भीर त्रुटिपूर्ण र आश्र्चयजनक भनेका छन् भने उनको विरोधमा रहेकाहरुले सम्मानजनक फैसला भनेका छन् ।

बादबिवाद र सवाल जवाफको मैदानमा एक प्रदेश सांसदनै होमिएपछि घटनाले थप चर्चा पाएको छ । बुधबार जिल्ला अदालत काठमाडौंबाट ८ वर्षको जेल सजाय र ५ ला रुपैया जरिवाना तथा क्षतिपूर्ति तोकिएपछि नेकपा एमोलका नेता तथा गण्डकी प्रदेशका सांसद कृष्णप्रसाद पाठकले उक्त फैसलालाई विदेशीको इशारा भनेका छन् ।

‘एउटा होनहार क्रिकेटरलाई विदेशीहरूको इसारामा बली चढाइयो’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन् । उनको स्ट्याटसमा कसैले समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन् । पाठक एमालेको समानुपातिक सूचीबाट गण्डकीमा सांसद बनेका हुन्

पुस १३ गते नै इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो।

लामिछानेले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले ठहर गरेको थियो। पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको थियो।

२०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । सुरुमा जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपछि थुनामा बसेका लामिछाने पछि उच्च र सर्वोच्चको आदेश पछि धरौटीमा रिहा भएका थिए ।

८ वर्षको जेल सजाय तोकिएपनि सन्दीप तत्तकालका लागि थुनामा जानु नपर्ने उनका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले बताएका छन् ।

उनले थुना बाहिरै रहेर मुद्दाको पुनरावेदन गर्न पाउने व्यवस्था मुलुकी फौजदारी कार्यविधि संहितामा प्रष्ट रहेको र सोही व्यवस्थाअनुसार आफूहरु छिट्टै नै उच्च अदालतमा पुनरावेदन जाने तयारीमा रहेको बताए । जिल्ला अदालतको फैसलाले सन्दीपमाथि अन्याय भएको उनको भनाइ छ । सन्दीप निर्दोष छन् भन्ने कुरामा आफूहरु विश्वस्त रहेको समेत उनले बताएका छन् ।

‘हिजो सम्मानित जिल्ला अदालतले सजाय निर्धारण गरिसकेको अवस्था छ । अब हामी फैसलाको पूर्णपाठ कुर्छौं । २१ कार्यदिन भित्रमा पूर्णपाठ तयार हुने भन्ने व्यवस्था छ । हामीलाई आशा छ, जिल्ला अदालतले सोही अवधिभित्रै पूर्णपाठ तयार गरिदिन्छ । त्यो पूर्णपाठ तयार भएपछि हामी एक पटक अध्ययन गर्छौं ।’ रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै अधिवक्ता घिमिरेले भने,‘अदालतले गरेको फैसलामा हाम्रो चित्त बुझाइ छैन । पूर्णपाठ आएपछि हामी न्यायका लागि उच्च अदालत जान्छौं । सन्दीप निर्दोष छन् भन्ने कुरामा हामी विश्वस्त छौं । उ पनि निदोष छु भन्ने कुरामा ढुक्क छ । अदालतको फैसलाले उ माथि अन्याय परेको छ ।’

साथै, लामिछानेले राष्ट्रिय टिमबाट अलग रहने स्वघोषणा गरी क्यानलाई पठाएको पत्रमा समेत आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरेका छन् ।‘तपाईँलाई थाहा छ, म आफ्नो जीवनको कठिन समयबाट गुज्रिरहेको छु । म मेरो जीवन, क्यारियर र मेरो भविष्यको परीक्षामा छु’,सन्दीपले पत्रमा भनेका छन्,‘मैले अनुसन्धान र न्यायिक प्रक्रियाका सबै चरणमा सहयोग गरेँ र अन्ततः काठमाडौँ जिल्ला अदालतले मलाई दोषी ठहर गरेको छ ।’

साथै,आफूले न्यायालयको निष्पक्षतामाथि सधैँ भरोसा गरेको समेत उनले बताएका छन् । निर्दोष छु भन्ने आफ्नो विश्वास अपरिवर्तित र बलियो रहनेसमेत उनले उल्लेख गरेका छन् । घटना वास्तविकताभन्दा धेरै टाढा रहेको र आफूले न्यायको आशा गरिरहेको उनले पत्रमा उल्लेख गरेका छन् ।

सन्दीपको पत्रपछि क्यानले पनि आजै उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रि दुवै प्रतियोगीताबाट निलम्वन गरेको थियो ।

यसैबीच गौशाला २६ को तस्बिर र वास्तविक नाम सार्वजनिक गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्ता दिवश सापकोटालाई बिहीबार निलम्बन गरेको छ।

जापानमा बस्दै आएका चितवन निवासी सापकोटा गौशालाको २६ को भन्दै सामाजिक सञ्जाल एक्समा एकजना युवतीका ३ वटा तस्बिर सार्वजनिक गरेका थिए।

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका सापकोटालाई पार्टीको अनुशासन उल्लघंन आरोपमा निलम्बन गरिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖