• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पृथ्वीजयन्ती मनाउन राप्रपाका नेताहरु जिल्लाजिल्लामा : को कहाँ खटिए ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । राप्रपाले ३०२ औं पृथ्वी जयन्ती काठमाडौँसहित देशभर विभिन्न कार्यक्रम गरी मनाउने तय भएको छ । जसअनुसार काठमाडौँमा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता पशुपति शमशेर राणालगायतको सहभागितामा ऱ्याली र चियापान कार्यक्रम हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार उपत्यका बाहेकका विभिन्न जिल्लामा विभिन्न नेताहरु अतिथिको रुपमा सहभागी हुने तय भएको छ।

जसअनुसार निर्देशन समिति अध्यक्ष डा.प्रकाश चन्द्र लोहनी र महामन्त्री राजेन्द्र गुरुङ्ग उदयपुरमा, वरिष्ठ नेता, उपाध्यक्ष ध्रुब बहादुर प्रधान नवलपरासीमा, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र कास्कीमा, महामन्त्री डा.धवल शम्शेर राणा मोरङमा, महामन्त्री कुन्ती कुमारी शाही बॅाकेमा, प्रवक्ता ज्ञानेन्द्र शाही गोरखामा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।

यसैगरी ताप्लेजुङ्गमा इन्द्र प्रसाद थापा, पाँचथरमा प्रेमराज थाम्सुहाङ्ग, धनकुटामा पवित्रा श्रेष्ठ, तेह्रथुम होमभक्त कुरुवाङ् संखुवासभामा दिपेन्द्र भण्डारी, भोजपुरमा आजेस राई, सोलुखुम्बुमा ए.जी. शेर्पा, ओखलढुंगामा अम्बिका देवी थापा, खोटाङमा अर्जुन राई र विजयकला राई सहभागी हुनेछन् ।

यसैगरी इलाममा रमेश रिजाल, सुनसरीमा रामकुमार सुब्बा, झापामा राम थापा, सप्तरीमा राम प्रताप साह (भोला), सिराहामा मनोज मल्ल, धनुषामा मोहन यादव, महोत्तरीमा रामनारायण साह (सुनिल), सर्लाहीमा शिव शकंर यादव, रौतहटमा प्रमोद गोयन्का र बीरेन्द्र प्रसाद लाल कर्ण, बारामा अंगद ठाकुर, पर्सामा डा. राजेश गिरी, दोलखामा धन बहादुर बुढा, रामेछापमा राजन खतिवडा, रसुवामा रन्जन कार्की, सिन्धुलीमा मीरा कुवँर, सिन्धुपाल्चोकमा प्रविण कुमार थोकर, काभ्रेपलान्चोकमा निरञ्जन थापा, मकवानपुर राम थोकर सहभागी हुनेछन् ।

यसैगरी नुवाकोटमा झनक प्याकुरेल, धादिङमा दिपक कुमार राई, चितवनमा रिना गुरुङ्ग, लमजुङमा सन्त बहादुर बस्नेत, म्याग्दीमा भिम प्रसाद गौचन, पर्वतमा शंकर खराल, तनहुँमा शुशिला के.सी, स्याङजामा भीमसेन गुरुङ्ग, बाग्लुङ्गमा देवी कँडेल, नवलपरासी (सुस्तापूर्व) विन्दु पौडेल, अर्घाखाँचीमा प्रमोद मिश्र, प्युठानमा सुवास पण्डित, रोल्पामा सरिता देवकोटा, रुकुमपूर्वमा केशव चन्द्र समाल, गुल्मीमा भरत बहादुर चन्द, पाल्पामा नारायण कोइराला, बर्दियामा गीता बस्नेत, कपिलबस्तुमा ताहिर अली, दाङमा ऋषिराज देवकोटा, रुपन्देहीमा अनुपमान सैंजु, डोल्पामा अंगद बुढा, जुम्लामा भिम बहादुर शाही, कालिकोटमा दिप बहादुर शाही, मुगुमा काली बहादुर शाही, सल्यानमा अनुबम सिंह श्रेष्ठ, जाजरकोटमा दिपक खनाल, रुकुम पश्चिममा सौरेन्द्र बहादुर शाह, सुर्खेतमा जनक बहादुर सिंह, दैलेखमा बबिता शाही, बझाङ्गमा पूर्ण बहादुर चन्द, बाजुरामा जङ्ग कुमार गिरी, डडेल्धुरामा गणेश चन्द, बैतडीमा गणेश विष्ट, दार्चुलामा राजेश चन्द, अछाममा गोविन्द कडायत, कञ्चनपुरमा विरेन्द्र बम र कैलाली धर्मराज जोशी सहभागी हुने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖