• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

गठबन्धनले जिताइदेला भन्ने होइन, अरुले हामीलाई माग्ने पार्टी बनाउनुपर्छ : माधव नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका नेता कार्यकर्तामा निराशा नभएको दाबी गरेका छन् । नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणको क्रममा आफूहरू लागिरहेको बताए ।

उनले भने, ‘हाम्रो पार्टीले आफ्नो ढंगले गति लिइरहेको छ । निराशा छैन । आशा र उत्साह छ । त्यसैले मैले भन्ने गर्छु फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार । हामीले २०६२/६३ को आन्दोलन गर्दाखेरी राजतन्त्रलाई फाल्न खोज्दा मान्छे केही निराश थिए फाल्न सकिँदैन भनेर । तर, केही मान्छेहरु फाल्न सकिँन्छ उत्साहित थिए । दुनियाँ बदल्ने उत्साह भएका हामीहरू निरन्तर लागिरहेका थियौं ।

उनले पार्टीको विधान बनाउनको लागि तल्लो तहबाट सुझाव लिन लागेको बताए । पार्टीलाई तल्लो तहसम्म जनतासँग जोड्न लाग्नुपर्नेमा जोड दिए ।

नेपालले भने, ‘हाम्रो मित्र र शत्रु को हुन् भन्ने छुट्याउन सक्नुपर्छ । आज प्रतिगामी शक्तिहरू टाउको उठाइरहेका छन् । यो व्यवस्थामाथि धावा बोल्दैछन् तर ती व्यवस्थाको रक्षाका लागि लड्नेहरू कहीँ शत्रु हुन्छन् । उनीहरूविरुद्ध लड्ने हो भने प्रतिगामी शक्तिहरूलाई फाइदा हुन्छ ।’

उनले आफ्नो पार्टीलाई एमालेका अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै आफूहरूलाई सिध्याउन खोजेको आरोप लगाए ।उनले भने, ‘हामीलाई सिध्याउन खोजिरहेका छन् गठबन्धनलाई ध्वस्त बनाउन खोज्दैछन् अनि तीनिहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दैन । सजिलो छैन । गठबन्धनलाई मात्रै भरोसा गरेर जिताइदेलान् भनेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो । शाक्तिको आधारमा संगठन विस्तार गरेर चुनावमा एक्लै लड्ने आँट गर्ने हो । अरुलाई हामीले होइन हामीलाई चाहिँ अरुले माग्ने स्थिति बनाउनुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖