• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अज्ञात समूहद्वारा गाडीमा आगजनी


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटको काटहरिया नगरपालिका ५ स्थित गएराती एक गाडीमा आगजनी भएको छ। स्थानीय छोटेलाल साह सोनारको सामान ढुवानी गर्ने मधेश प्रदेश ०३.००२स. २૪૪३ नम्बरको ई लोडर रिक्शामा राति साढे १२ बजे अज्ञात व्यक्तिले आगलागी गरेको हो।

साहले बिहीबार काम सकेर आफ्नो घर अगाडी पार्किंङ गरि राखिएको थियो। आगोको मुस्लो हेरेर छिमेकी संगै सनारले आगलागी भएको केही बेरमै घरका सदस्यहरु आगोलाई नियन्त्रणमा लिएको थियो। ढुवानी प्रयोजनमा प्रयोग हुने उक्त रिक्सामा आगलगी कसले गरेको हो खुल्न नसके पनि कुनै पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई अरुण सिंहले घटना बारे अनुसन्धान भईरहेको बताएका छन। आगलागीबाट गाडीमा ठूलो क्षति पुगेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖