• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

४ दलका शीर्ष नेतालाई अगाडि राखेर लिङदेनको उद्घोष: दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउँछौं


  • धनकुटा खबर
  • .

ठमाडौं,२७ पुस । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अन्तिम पटक राजसंस्था प्राप्तीका लागि आन्दोलन थाल्ने उद्घोष गरेका छन् ।

३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज चियापान आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले प्रमुख चार दलका शीर्ष नेतालाई अगाडी राखेर कोर्स करेक्सनका लागि बाध्य पार्नेपनि दाबी गरेका छन् ।

‘यो असामान्य स्थितिमा ठूला दलहरुले देशका सबै राजनीतिक शक्तिहरुलाई मिलाएर नयाँ सम्झौतामा लगेर थप क्षति हुन रोक्नुपने हो’ तर दलहरुले एकपछि अर्को देश हित विपरितका काम गरेकाले राप्रपाले जनदबाव सृजनाका लागि नेतृत्व गर्नु परेको उनले बताए । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘मेरो पूर्ण विश्वास छ, हामीले दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने छौं ।’

राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयताबारे फरक दृष्टिकोण राख्दा पछाडि फर्किन खोजेको भनिएकोमा समेत उनले असन्तुष्टि जनाए । ‘हामीले पछाडि फर्किने कुरा गरेको होइन, पुरानो व्यवस्थामा जाने भनेको पनि होइन’ यही व्यवस्थाले पनि देश नधानिने भन्दै राप्रपा अध्यक्ष लिङ्दनले भने,‘अब नयाँ सम्झौतामा जानुपर्‍यो,नयाँ व्यवस्थामा जानुपर्‍यो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖