• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

क्यान्सरको राम्रो उपचारको खोजी गरिरहेका वैज्ञानिकहरूलाई महत्वपूर्ण उपलब्धी


  • धनकुटा खबर
  • .

काठमाडौं । इङ्गल्याण्डका वैज्ञानिकहरूले एक अध्ययनमा बिरामीको पूर्ण आनुवंशिक मेकअपले क्यान्सरको राम्रो उपचारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने पत्ता लगाएका छन्।

यो अध्ययन नेचर मेडिसिनमा प्रकाशित भएको छ । यसमा १३ हजारभन्दा बढी बिरामीको जानकारी विश्लेषण गरिएको छ ।

यसमा ट्युमरको विकास हुनुको पछाडिको उत्परिवर्तनको विश्लेषण गरिन्छ र रोगीमा यस्तो जीन लिएर जन्मिएको हो वा होइन भनेर डिएनए अध्ययन गरिन्छ जसका कारण यो रोगको जोखिम बढ्छ।

अन्वेषकहरूले पत्ता लगाएअनुसार ९० प्रतिशतभन्दा बढी ब्रेन ट्युमर र ५० प्रतिशत आन्द्रा र फोक्सोको क्यान्सरमा आनुवंशिक परिवर्तन हुन्छ, जसले शल्यक्रिया र विशेष उपचार जस्ता बिरामीको उपचारमा असर पार्न सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖