• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बस दुर्घटना : चालक भन्छन्- चक्का नघुमेपछि बस नदीमा खस्यो


  • धनकुटा खबर
  • .

२८ पस, काठमाडौं । दाङको भालुबाङमा शुक्रबार राति भएको बस दुर्घटना प्राविधिक कारणले भएको चालकले बताएका छन् । सल्यान त्रिवेणी निवासी २८ वर्षीय चालक लालबहादुर नेपालीले प्रहरीसमक्ष चक्का नघुमेपछि बस पुलबाट राप्ती नदीमा खसेको बयान दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बस चालक लालबहादुरले सापट बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएको बताए । यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको उनले बताए ।

दुर्घटनामा सामान्य घाइते भएका चालक लालबहादुर प्रहरीको नियन्त्रणमा छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖