• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रिय सभा निर्वाचनकै दिन आजपाद्वारा मधेश बन्दको आह्वान


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ पुस । आम जनता पार्टीले आगामी माघ ११ गते मधेश बन्दको आह्वान गरेको छ । हिजो (शुक्रबार) चन्द्रनिगाहपुरमा बसेको आम जनता पार्टी मधेश प्रदेश पदाधिकारी र बैंक तथा बित्तीय पीडित संघर्ष समितिको सयुक्त बैठकले मधेश बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आजपाले यसअघि बैंकले मनोमानी ढंगले लिएरहेको ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा जनतालाई सहज कर्जा उपलब्ध गराउनुपर्ने लगायतका मागहरु सहित आन्दोलन गर्दै आएको थियो । आजपाले आन्दोलनका कार्यक्रम परिमार्जन गर्दै माघ १ गतेदेखि ९ गतेसम्म जिल्ला-जिल्लामा भेला तथा अन्तरक्रिया कार्यक्रम, माघ १० गते मोटर साइकल र्याली र साझमा मसाल जुलुस र माघ ११ गते मधेश बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।

‘राष्ट्रियसभा सदस्यको निर्वाचनको दिन माघ ११ गते मधेश बन्द गर्दा संघर्षको कार्यक्रम थप प्रभावकारी हुने भएकोले माघ १० गते मधेश बन्दलाई माघ ११ गते मधेश बन्द गर्ने निर्णय गरिएको छ,’– आजपा मधेश प्रदेशका इन्चार्ज सुधीर यादव र अध्यक्ष उमेश कुश्वाहाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आजपाले आफ्नो आन्दोलन जनताको भविष्य र देशको समृद्धिसँग जोडिएको दाबी गरेको छ । आन्दोलनमा एक्यबद्धता प्रकट गर्न आजपाले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖