• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

चुनाव हारेकालाई राष्ट्रियसभामा लिएर जानेहरूबाट यो व्यवस्थामाथि खतरा छ : रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तामा रहेका दलहरूबाटै परिवर्तनमाथि खतरा रहेको बताएका छन् ।

रास्वपा सांसद विराजभक्त श्रेष्ठको १ वर्षे कार्यकालको प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

केही समयअगाडि सम्पन्न चुनावमा पराजित भएका व्यक्तिहरूलाई चोर बाटोबाट राष्ट्रियसभामा ल्याउन खोज्नेहरूबाट अहिलेको व्यवस्थामाथि प्रहार भएको उनले बताए ।

उनले भने, ‘परिवर्तनमा प्रहर त्यसले गर्‍यो जसले भरखरै चुनाव हारेकालाई यीनीहरु नभई हुँदै भन्दै चोरबाटबाट राष्ट्रियसभामा ल्याउनका लागि संविधान र व्यवस्थाको भद्दा मजाक बनाएर यो काम गरे उनैले प्रहार गरिरहेका छन् ।’

राष्ट्रपतिले चुन्न राखेको ठाउँमा पनि भर्खरै चुनाव हारेका मान्छेलाई लिएर आउने अनि व्यवस्थामाथि खतरा भयो भन्ने उनले प्रश्न गरे ।

उनले भने, ‘यो व्यवस्थामा यति खतरा कसबाट छ ? कसले यो व्यवस्थालाई खतरा गर्‍यो ? परिवर्तनमाथि प्रहार त्यसले गर्‍यो जसले अनुसन्धान हुँदाहुँदैको फाइल बन्द गर्‍यो । जसले चुनाव हारेका मान्छेलाई राष्ट्रियसभामा ल्याउनका लागि संविधानको भद्दा मजाक बनाउँदै छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖