• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आलमको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि


  • धनकुटा खबर
  • .

काठमाडौं, पुुस २९। इटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद आफ्ताब आलमको मुद्दामा अदालतले आज अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको छ। मंसिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन ।

सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले आजका लागि पेसी राखेको हो। अदालतले आलम लगायतका ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा सुनुवाइ गर्न आज पेसी तोकेको हो।

सो मुद्दामा गत २२ कात्तिकमा जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि २४ मंसिरभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएका थिए । आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी कसुरमा ४५ वर्ष कैद सजाय माग दाबी गर्दै अभियोगपत्र दायर भएको छ । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो ।

संविधान सभा निर्वाचन–२०६४ का उम्मेदवार रहेका आलमले जसरी पनि चुनाव जित्नका लागि भारतबाट बम बनाउने मानिस बोलाएका थिए । त्रास देखाएर बुथ कब्जामा लिने र चुनाव जित्ने रणनीतिमा आलम रहेका थिए । बम बनाउने क्रममा विस्पोट हुँदा घाईते भएकाहरुलाई आलमले पोल खुल्ने डरले आफूले सञ्चालन गरेको इँटाभट्टामा हालेर जिउँदै जलाएका थिए । आलम हाल थुनामा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖