• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सर्वोच्चको गेट अगाडि मट्टीतेल छर्किएर एक महिलाद्वारा आत्मदाहको प्रयास


  • धनकुटा खबर
  • .

काठमाडौं,२९ पुस । बैवाहिक बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्।

आइतबार दिउँसो सर्वोच्च पुगेकी उनले आफैंमाथि मट्टितेल छर्किएकी हुन्। उनलाई उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

उनले आफ्ना श्रीमान गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेकी छन्। गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो। उनी पछि धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖