• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

करोडौंको अस्पतालमा कवाडी छड हाल्न खोजेपछि पूर्व मेयरले रोके निर्माण


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्को १५ बेडको भवनको निर्माणको ठेक्का लिएका निर्माण ब्यवसायी उपेन्द्र चौधरीले गुणस्तरहीन काम गरेको भन्दै पूर्व मेयर सियाराम कुशवाहाले रोक लगाएका छन।

संघीय सरकारको १९ करोड ७५ लाख भयाट सहितको लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेण्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनन्जय, चौधरी जेविले ११ करोडमा सकार गरेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाको हाता भित्र १५ सैयाको भवन निर्माण अवधि २ बर्ष रहेको छ।

पूर्व मेयर कुशवाहाले शनिवार स्थलगत अनुगमन निरीक्षण गर्दा निर्माण कम्पनीका निर्देशक उपेन्द्र प्रसाद चौधरीले जग निर्माणमा रोलर नै नचलाई ढलान सुरु गरेपछि पूर्व मेयर कुशवाहाले निर्माण काम रोक्का गरेको बताएका छन।

करीब २० करोडको भवनको जग नै बलियो भएन भने माथिको संरचना कमजोर हुने भएकाले निर्माण रोक्का गरिएको पूर्व मेयर कुशवाहाले बताएका छन। ठेकदारले निर्माण स्थलमा होर्डिङ बोर्ड समेत राखेका छैनन्।

‘टेण्डर तथा निर्माणको स्टीमेटसहित ठेकदारलाई आउन भनेको छु, कटहरिया नगरपालिकाको ईन्जिनियरले निर्माण बारे स्पष्ट पारेपछि मात्र पुनः काम शुरू हुन्छ,’ पूर्व मेयर कुशवाहाले भने । उनका अनुसार त्यतिमात्र नभई ठेकदार चौधरीले करोडौंको भवन निर्माणमा पुरानो कवाडी रड प्रयोग गरिरहेका छन ।

सो अस्पतालको शिलन्यास २०७७ पुस १ गरेका दिन तत्कालीन नगर प्रमुख कुश्वाहाले नै गरेका थिए । तर, भवन निर्माण हुने स्थानमा ठूलो खाडल बनाएर तीनबर्ष सम्पर्क बिहीन रहेका ठेकदार उपेन्द्र चौधरी अहिले बल्लतल निर्माण काम सुरु गरेका हुन् ।

कटहरियाका बर्तमान मेयर अजयप्रकाश जैसवालले आफ्नो लामो प्रयासबाट अस्पताल भवनको निर्माण सुरु भएको बताएका छन। जैसवालका अनुसार सुरुमा अस्पताल भवन निर्माणको लागि मन्त्रालयबाट टेण्डरको प्रक्रियाको थालनी भएको थियो। मन्त्रालयबाट निर्माणको लागि रकम निकासा नहुँदा कुनै प्रक्रिया अगाडि बढेको थिएन।

हाल मन्त्रालयमा लगातार दौडेर रकम निकासा, टेण्डर स्वीकृत गराएपछि मात्र अस्पताल भवन निर्माणको काम सुरु भएको मेयर जैसवालले दाबी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖