• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

युवासंघ प्युठानका अध्यक्षमाथि आक्रमण


  • धनकुटा खबर
  • .

रूपन्देही । नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन युवा संघ नेपाल प्युठानका अध्यक्ष कमल घर्तीमगर माथि स्थानीय युवाले आक्रमण गरेका छन्।

गौमुखी मेला हेर्न गएको बेला किनाम भन्ने ठाउँ नजिक दुई जना अपरिचित व्यक्तिले घर्तीमाथि रड प्रहार गरी आक्रमण गरेको नेकपा एसका जिल्ला अध्यक्ष भोजविक्रम बुढामगरले दिए ।

घर्तीमगरको टाउको र हातमा चोट लागेको छ । टाउकोमा ७ वटा टाका लगाइएको बुढाले बताए ।

घर्तीको सामुदायिक स्वास्थ्य चौकी अर्खामा सामान्य उपचार पछि प्युठान जिल्ला अस्पताल रिफर गरिएको थियो । उनी खतरामुक्त भए पनि टाउकोमा धेरै चोट लागेको छ ।

प्रहरीले घटनामा संलग्न रहेकाको अनुसन्धान गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖