• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पार्टीले हैकमवादी चरित्र त्याग्न नसकेको भन्दै बर्दियाका २१ युवाले गरे रास्वपा परित्याग


  • धनकुटा खबर
  • .

काठमाडौं,१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियका २१ जना युवाले पार्टी परित्यागको घोषणा गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी भित्रको अन्तर भेद र पार्टीको सुरुवाती कममा पार्टी विस्तारका कार्यलाई महत्वमा राखी काम गर्नु पर्ने अवस्थामा बर्दियामा पार्टी भित्र नै अन्तर मेद मनमुटाब व्यक्तिवादी दासत्य, पदीय ध्यास, हैकमवादी चरित्र, चेपुवा प्रवृत्ति धम्कीपुर्ण व्यवहार, अराजक शैली, गुट उपगुटको निमार्ण र म ने सर्वेसर्वा हुँ भन्ने भावनाबाट प्रेरित नेतृत्व पंक्तीहरुको हालीमुहाली रहेको भन्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

गुलरिया नगरपालिका वडा नं ४ को विभिन्न पदमा रहेका २१ जनाले सामूहिक हस्ताक्षरसहितको राजीनामा बुझाउँदै पुराना दलका नेताहरू नयाँ भनिएको दलमा स्वार्थहरू उस्तै रहेकाले आफूहरू यो पार्टीमा बस्न नसकेको जनाइएको छ ।

यसरी पार्टी छाडेको घोषणा गर्नेहरुमा दिपेन्द्र प्रसाद लामिछाने, प्रेम बहादुर खड्का, ज्ञान गोडिया, उमेश यादवलगायतका रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖